सुनसरीमा आगलागी हुँदा दुई जनाको घर जलेर पूर्ण रूपमा नष्ट

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा बिहीबार राति करिब १ बजेको समयमा विद्युत् सर्ट सर्किटका कारण आगलागी हुँदा दुई जनाको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।

आगलागीबाट लाखौं रुपैयाँ बराबरको धनसम्पत्तिको क्षति भएको छ । रहमान अन्सारीको घरमा विद्युत् सर्ट भई आगलागी सुरु भएको जनाइएको छ। आगो तीव्र रूपमा फैलिँदा छिमेकी इस्राफिल अन्सारीको घरसमेत जलेर क्षतिग्रस्त भएको छ।

आगलागीमा परेर रहमान अन्सारीकी सासू आमा जसिरा खातुन घाइते भएकी छन्। उनको उपचार भइरहेको जनाइएको छ। साथै आगलागीका क्रममा एक गाई जलेर मृत्यु भएको छ। प्रारम्भिक अनुमानअनुसार रहमान अन्सारीको घरमा करिब ६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ भने इस्राफिल अन्सारीको घरमा ३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको जनाएको छ।

रातिको समयमा आगलागी भएकोले स्थानीयवासीले तत्काल उद्धार र आगो नियन्त्रणमा कठिनाइ भएको बताएका छन्। देवानगञ्ज र कोशी गाउँपालिकाका दमकल आगो नियन्त्रणमा लिन सफल भएको थियो । घटनाबारे थप विवरण संकलन भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।