धनकुटाको नाम्जे स्थित ग्रामिण जनता माबिद्वारा १३ बिद्यार्थीलाई छात्रवृति वितरण तथा शिक्षकहरुको बिदाई
नारायण कुमार राई/धनकुटा ,२३ माघ । नाम्जेको ग्रामिण जनता मा.बि.ले बिधालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान,बिधार्थीहरुलाई छात्रवृति बितरण र शिक्षकहरुलाई बिदाई गरेको छ ।
बिद्यालयले आज एक बिशेष समारोहको आयोजना गरेर १३ बिद्यार्थीलाई छात्रवृति दिएको छ । त्यस्तै बिद्यालयको शैक्षिक बिकासमा सहयोग गर्ने ६ जना दातालाई सम्मान र बिधालयमा अध्यापन गराउने ४ शिक्षकलाई बिदाई गरेको छ ।
बिद्यालयले १ लाख ५० हजार सहयोग गर्ने धरान ८ का मैत बहादुर र कमला मोक्तान,सोही बराबरको रकम सहयोग गर्ने बिराटनगरका नवीन रिजाल,महेस जाजु र पवन सारडालाई सम्मान गरेको छ ।
त्यस्तै बिधालयलाई २०/२० हजार सहयोग गर्ने सांगुरी ६ धनकुटाका बेदबहादुर भुजेल र बिधालयका शिक्षक राजकुमार माङ्लाकलाई सम्मान गरेको छ ।
त्यस्तै बिधालयले ५ वटा अक्षकोषको ब्याजबाट १७ जना छात्र/छात्रालाई सम्मान गरेको छ । बिधालयले १ लाख ११ हजार १ सय ११ रुपैयाको ३ वटा अक्षकोषबाट ५ हजारका दरले ३ जनालाई पुरस्कृत गरेको छ ।
बिधालयले स्वर्गीय सम्भु प्रसाद भण्डारी छात्राबृत्ती ,तुलसिराम रमादेबी दिनेस काफ्ले अक्षकोष र मैतबहादुर कमला छात्राबृत्ती कोषबाट उनिहरुलाई सम्मन गरेको बिधालयका प्रधानाध्यापक टंक भुजेलले जानकारी दिनुभयो ।
त्यस्तै ६ लाख ५० हजारको ग्रामिण जनता माबि अक्षकोषको ५० हजार ब्याजबाट १० जनालाई ५ हजारका दरले छात्राबृत्ती प्रदान गरेको छ ।
त्यस्तै बिधालयले सांगुरिगढी गाउँपालिकाको अध्यक्ष कोषबाट कक्षा ११/१२ मा होटल म्यानेजमेन्टमा अध्यनरत ४ जनालाई छात्राबृत्ती दिएको छ ।
कार्यक्रममा बिधालयमा अध्यापन गराउने २ स्थायी र २ करा शिक्षकलाई बिदाई गरेको छ ।
२०५८ सालबाट नेपाली विषयमा अध्यापन गराउनुहुने पुर्ब सहायक प्रधानाध्यापक लेकबहादुर कटुवाल र २०५० सालबाट सोसोलोजी विषय अध्यापन गराउनुहुने कक्षा १२ का संयोजक नरबहादुर चेम्जोङलाई बिदाई गरिएको हो ।
त्यस्तै बिधालयमा करार सेवामा अध्यापन गराउनुहुने राधाकुमारी मगर र बिकास श्रेष्ठलाई बिदाई गरिएको छ ।
बिद्यार्थीलाई नगद,दाताहरुलाई सम्मान र शिक्षकहरुलाई बिदाई बिधालयको उत्तर राई,प्रधानाध्यापक भुजेल,गाउँ पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई,वडा नं ६ का अध्यक्ष दिपक मगरले सम्मान गर्नुभएको थियो ।


