धनकुटा सहित ४४ जिल्लाका  एक सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न 

धनकुटा । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ कार्यलाई तीव्रता दिएको छ।

यसै क्रममा आयोगले धनकुटा सहित ४४ जिल्लाका एक सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको जानकारी दिएको छ। भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छपाइ कार्य अन्तर्गत हिजोसम्म कूल एक करोड २२ लाख ५६ हजार थान मतपत्र तयार भइसकेका छन्।


     सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतपत्र छपाइ सकिएका जिल्लाहरूमा सोलुखुम्बुलाई प्राथमिकतामा राख्दै अन्य पहाडी तथा हिमाली जिल्लाहरू डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, र दैलेख रहेका छन्।

त्यस्तै सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली र कञ्चनपुरको पनि छपाइ सकिएको छ। पूर्वी भेगका पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरीका साथै ताप्लेजुङ, सङ्खुवासभा, खोटाङको काम पनि पूरा भएको छ।

   

 गण्डकी र लुम्बिनी प्रदेशका बागलुङ, गुल्मी, गोरखा, म्याग्दी, पर्वत, लमजुङ, तनहुँ र स्याङ्जाको मतपत्र तयार भइसकेको आयोगले जनाएको छ। तराईका झापा, मोरङ, उदयपुर, बर्दिया र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को छपाइ सकिएसँगै छपाइ भएका मतपत्रहरूलाई सुरक्षित रूपमा प्याकिङ गर्ने काम समेत सुरु भइसकेको छ।

हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको अवस्थामा प्रत्यक्षतर्फ कूल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्यका साथ आयोग अघि बढिरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।