प्रधानमन्त्री कार्कीद्वारा पाथीभरा मन्दिरको दर्शन

ताप्लेजुङ, फागुन १ गते । पूर्वी हिमाली जिल्लाहरूको स्थलगत अवलोकनमा रहनु भएका प्रधानमन्त्री सुशीला कार्कीले पाथीभरा मन्दिरको दर्शन गर्नु भएको छ ।

निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने मुख्य उद्देश्यसहित जिल्ला भ्रमणमा रहनु भएका प्रधानमन्त्री कार्कीले पाथिभरा मन्दिरमा पूजा आराधना गर्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार प्रधानमन्त्री कार्की बिहान ८ बजे पाथीभरा दर्शनका लागि आइपुग्नु भएको थियो । मन्दिर दर्शन पछि अहिले जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफलको कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी हुनु भएको छ ।

प्रधानमन्त्री कार्कीले पूर्वनिर्धारित कार्यतालिका अनुसार बिहीबार सोलुखुम्बु जिल्लाको भ्रमण सम्पन्न गरेर शुक्रबार ताप्लेजुङ आइपुग्नु भएको हो । पूर्वी हिमाली जिल्लामा केन्द्रित यो भ्रमणलाई आगामी निर्वाचनको तयारी र समन्वयलाई सुदृढ बनाउने उद्देश्यले हेरिएको छ ।-रेडियो काबेली

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।