पोखराको फेवातालमा अत्याधुनिक एसएलआर राइफल र १८ राउन्ड गोली फेला परेपछि…

कास्की । पोखराको फेवातालमा अत्याधुनिक एसएलआर राइफल र सो हतियारमा प्रयोग हुने १८ राउन्ड गोली फेलापरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यही माघ २९ गते साँझ खपौंदी नजिक स्थानीय ४२ वर्षीय कुमार जलारीले जाल हानी माछा मार्ने क्रममा मु.वा. १११ (बट) नम्बर बडी नम्बर १३८१० लेखिएको एसएलआर राइफल फेलापरेको थियो।

हतियारसँगै सो राइफलमा लोड गरिएको १८ राउन्ड गोलीसहित एक थान म्यागजिन बरामद भएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए। प्रहरीले तालमा फेलापरेको हतियार कसको हो भन्नेबारेमा अनुसन्धान भइरहेको जनाएको छ।

‘जाल हान्दा हतियार भेटिएको सूचनापछि प्रहरी पुगेर हतियार बरामद गरेको हो। त्यो हतियार प्रहरीको हो, सशस्त्रको हो वा नेपाली सेनाको भन्नेबारेमा अनुसन्धान भइरहेको छ’, प्रनाउ बस्नेतले भने।

प्रहरीको केन्द्रीय हतियार भण्डारण शाखामा हतियारको अभिलेख रहने भएकाले कसको हो भन्ने छिट्टै पुष्टि हुने प्रहरीले जनाएको छ। सो हतियार गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हुनसक्ने पनि आकलन गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।