भगौडा मन्त्री होइन,संकटको बेला जिम्मेवारी पुरा गरेर फर्किएको हुं:कुलमान

काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले आफ्नो व्यक्तिगत इच्छाले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नभएको बताएका छन्। काठमाडौंमा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र जेनजी प्रतिनिधिको आग्रहलाई स्वीकार गरेर सरकारमा गएको स्पष्ट पारे।

घिसिङले संकटको समयमा जिम्मेवारी सम्हालेर छोटो अवधिमै काम गरेर देखाएको दाबी गरे। ‘सङ्कटको बेलामा जिम्मेवारी लिएर मैले तीन महिनामा डेलिभरी दिएँ, चुनावको वातावरण बनाएर बाहिर आएका छौँ,’ उनले भने। उनले सुरुमा चुनावका लागि बनेको सरकारमा नजाने बताएको भए पनि प्रधानमन्त्रीको आग्रहपछि जिम्मेवारी स्वीकार गरेको खुलासा गरे। आफूलाई ‘भगौडा मन्त्री’ भनेर आलोचना गरिएकामा असन्तुष्टि जनाउँदै उनले छोटो समयमा देशलाई परिणाम दिएर सरकारबाट बाहिरिएको दाबी गरे।

उनले आगामी सरकारबाट देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने लक्ष्यसहित आफू अघि बढिरहेको बताए। आफूले चुनौती स्वीकार गरेर सरकारमा प्रवेश गरी परिणाम दिएको जिकिर गर्दै उनले ऊर्जा क्षेत्रमा लोडसेडिङ हटाएको अनुभवलाई स्मरण गरे।

‘देशबाट लोडसेडिङ हटाएँ, अब राजनीतिक क्षेत्रको लोडसेडिङ हटाउन आएको छु,’ उनले भने। राजनीतिक क्षेत्रको अवरोध र अस्थिरता अन्त्य नगरेसम्म देशको समग्र अवस्था सुधार हुन नसक्ने उनको भनाइ थियो।

कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। घिसिङले आगामी निर्वाचनलाई परिवर्तन र परिणाममुखी शासन स्थापनाको अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।