झापामा घोप्टो परेको अवस्थामा एक जना मृत फेला
झापा । झापाको गौरादह नगरपालिका–४ मजुवास्थित भित्री सडक खण्डमा १ पुरुष मृत अवस्थामा फेला परेका छन् ।
आइतबार बिहान करिब ७ बजे स्थानीय बासिन्दाले मकैबारीको पानीमा घोप्टो परिरहेको अवस्थामा ५० वर्षीय भीमबहादुर दर्जीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार मृतक भीमबहादुर सोही स्थानका स्थायी बासिन्दा हुन् ।
उनी सवार रहेको प्रदेश १–०१–०१६ प ८९२४ नम्बरको मोटरसाइकल घटनास्थल नजिकै क्षतिग्रस्त अवस्थामा फेला परेको छ ।
मोटरसाइकलको अवस्था र घटनाको प्रकृति हेर्दा सवारी दुर्घटनाका कारण पानीमा खसेर उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।


