नेकपा एमाले निर्वाचन परिचालन कमिटी विराटनगरको कार्यालय तोडफोड

विराटनगर । नेकपा एमाले निर्वाचान परिचालन कमिटी विराटनगरका दुईवटा कार्यालयमा अज्ञात समुहले तोडफोड गरेको छन् ।

तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गरि कारबाही गर्न नेकपा एमाले महानगर कमिटीले प्रेस विज्ञप्ति जारी प्रशासन समक्ष माग गरेको छ ।

श्रृखंलाबद्ध रुपमा निर्वाचन परिचालन कमिटीका कार्यालय तोडफोडको विरोधमा महानगर कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दै भयरहित वातावरणमा निर्वाचन हुने अवस्था सिर्जना गर्नु सवैको दायित्व भएको जनाएको छ ।

फागुन २ गते राती विराटनगर १७ र फागुन ३ गते राती विराटनगर १५ मा रहेको निर्वाचन परिचालन कमिटीको कार्यालयमा तोडफोड भएको महानगर अध्यक्ष बलराम गिरीले जानकारी दिए । महानगर कमिटिको विज्ञप्तिमा भनिएको छ,‘ निर्वाचनको माहोल विथोल्ने गरि भएका अराजक गतिविधिमा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कानुनी कारवाही गर्न जोडदार माग गर्दछौं ।’

निर्वाचन आचारसंहिता विपरित भएका घटनामा विशेष निगरानी र अनुगनम गर्न निर्वाचन आयोगलाई समेत ध्यानाकर्षण गराईएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।