धरानबाट ९ सय ५५ किलो गाँजा सहित दुई जना पक्राउ
सुनसरी । धरानबाट प्रहरीले ९५५ किलो गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
सुनसरी प्रहरीका अनुसार धरानको विष्णुपादुका तर्फ आउँदै गरेको दुईवटा गाडी चेकजाँचको क्रममा गाँजा बरामद भएको हो ।
गाडी सहित दुवै चालक अनुसन्धानको लागि नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

