इटहरीमा आज साँझ ट्रकको ठक्करबाट मृत्यु भएका साइकलयात्रीको खुल्यो पहिचान
इटहरी । इटहरीमा आज साँझ ट्रकको ठक्करबाट मृत्यु भएका साइकलयात्रीको पहिचान खुलेको छ ।
आज साँझ इटहरीको मुख्य चोकबाट धरान तर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९२ नम्बरको ट्रकले साइकलमा सवार मोरङ सुन्दरहरैचाका ४० वर्षीय कुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रबक्ता चन्द्र खड्काले जानकारी दिए ।
दुर्घटनामा मृतक श्रेष्ठको पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ ।
ट्रक चालक तेह्रथुमका २७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिएका छन ।


