इलामको माङसेबुङमा एमाले प्रवेश गरिएको भनिएका अधिकांश एमाले नै रहेको खुलासा

इलाम । मङ्गलबार इलामको माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ जनता समाजवादी पार्टी पारित्याग गरेर एमाले प्रवेश गरे । उनीसँगै पूर्वमाओवादी पृथीमान जवेगूसहित सयौं एमाले प्रवेश गरेको सामाजिक सञ्जालमा प्रचार गरियो ।

एमालेका स्थानीय नेताहरुले समाजिक सञ्जाल फेसबुकमा एमाले प्रवेश गरेको भन्दै दुई खालका खेस्रा सूची सनसनी बनाए । सो सुची उनै नेम्बाङ र जवुगूले बनाएर एमालेलाई बुझाएका रहेछन् ।

उनीहरुले एमालेलाई बुझाएको सुचीमा केहीको बाहेक न सम्बन्धित पार्टीको नाम खुलाएका छन्, न त पद नै । नाम र ठेगाना मात्र राखेर नेम्बाङले ६१ जना र जवेगूले ३५ जनाको नाम एमालेलाई बुझाएको पाईएको छ । सुचीमा नेम्बाङ र जवुगूले आफ्नै परिवारका मात्र होइन, धेरैको नाम त एकै परिवारका सदस्य समेतको समावेश गरेको पाइएको छ ।

त्यो सूची अध्ययन गर्दा एमाले प्रवेश गरिएको भनिएका अधिकाशं एमालेकै स्थानीय नेता तथा समर्थक रहेको खुलासा भएको छ । केहीबाहेक धेरै त कार्यक्रममा उपस्थित नै भएनन् । कतिपयले त आफ्नो नाम एमाले प्रवेशको सुचीमा राखिएको जानकारी नै नभएको समेत प्रतिक्रिया दिएका छन् ।

नेम्बाङले बुझाएका सुचीका केही प्रतिनिधि उदाहरणका रुपमा कुमार राई, नरेन्द्रकुमार राई, हर्कधन राईलगायत विगतदेखि नै एमाले रहेको उनीहरुका परिवारले बताएका छन् । माङसेबुङ-२ खाम्नुवाका सबै परिवारका सबै सदस्यहरुको नाम उल्लेख गरेर बुझाएको सामाजिक सञ्जालबाट मात्र थाहा पाएको परिवारका एक सदस्यले बताए ।

उता जवेगूले बुझाएको सुचीका त झन् अधिकांश नाम फर्जी पाइएको छ । उनले सबै माओवादीबाठ एमाले प्रवेश गरेको भन्दै सुची बुजाएका थिए । सो सुचीको युवराज जवेगू पृथीमान जवेगूका सहोदार भाई हुन् । उनी यसअघिनै एमालेमा आवद्ध भएका हुन् । उनी केही महिनाअघि इभाङ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति सदस्यका लागि भएको निर्वाचनमा खुल्ला सदस्यमा एमाले प्यानलबाट उम्मेद्वार भइ पराजित भएका थिए । उनी कांग्रेसका योगेश सुब्बा र माओवादीका उमाकान्त कार्कीसँग पराजित भएका थिए ।

त्यस्तै दलबहादुर लिम्बू, हरि बुर्जा त एमालेका गाउँस्तरीय नेता नै हुन् । एमालेका पुराना नेता यामबहादुर बुर्जालाई अहिले हरि बुर्जाको नाममा एमाले प्रवेश गराइएको भन्दै प्रचार गरिएको पाइएको छ । त्यस्तै रेणुका नेम्बाङ, कवि नेम्बाङ, आइतराज नेम्बाङ, पदम जोशी, सुवास नेम्बाङलगायत पनि एमाले नै हुन् । उनीहरु २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनदेखि नै एमाले भएका थिए ।

त्यस्तै सो सुचीका उदय लिम्बू, प्रकाश चवेगूलगायत समेत एमालेका वडास्तरीय कार्यकर्ता हुन् ।

त्यस्तै सुचीका अन्य नामावली समेत जवेगूले फर्जी बनाएको उनीहरुले बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीमा नै आवद्ध रहेको बताउँदै बेतबहादुर बस्नेतले आफू कुनै पार्टीमा नगएको उल्लेख गरे । ‘कार्यक्रममा जानुपर्छ भनेर पृथीमानले भन्दै हुनुहुन्थ्यो, तर म एमालेमा जान सक्दिन भनेर पठाएको हुँ’ उनले भने, ‘आफैं नाम दिएछन् । तर म नेकपा नै हुँ ।’

नेम्बाङ र जवुगूले बुझाएको सुचीका नामको सम्बन्धमा स्वयम् एमाले अध्यक्ष मित्र खड्का समेत स्वीकार्छन् । ‘केही साथीहरु हाम्रै कमिटिमा भएकाहरुको नाम समेत बुझाएका रहेछन्’ एमाले अध्यक्ष खड्काले नयाँ बुलन्दसँगको संवादमा स्वीकारे ।-नयां बुलन्द

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।