झापामा मुखमा राखेर ब्राउन सुगर ओसारपसार, दुई जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका–५ बसपार्कबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जना पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले बुधबार दिउँसो बिर्तामोड नगरपालिका–२ फूलबारी टोलका २१ वर्षीय प्रकाश तामाङ र बिर्तामोड–४ बिर्ता बजारका १९ वर्षीय मौसम तामाङलाई पक्राउ गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा प्लाष्टिकको पोका पारी मौसम तामाङले मुखभित्र लुकाइछिपाइ ल्याएको अवस्थामा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मौसमको मुखबाट ५ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । यो घटनाले मुखभित्र लुकाएर पनि ब्राउन सुगरको ओसारपसार हुने गरेको पत्ता लागेको छ ।दुवै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।

उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।