झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापाका ९५ मतदानस्थल र २८६ मतदान केन्द्रलाई ‘अतिसंवेदनशील’ सूचीमा राखिएको छ। तीमध्ये झापा–५ का मात्रै २० मतदानस्थलका ७० मतदान केन्द्र उच्च जोखिममा राखिएका छन्।

स्थानीय प्रशासनका अनुसार झापा–१ का १६ मतदानस्थल (५४ केन्द्र), झापा–२ का १६ मतदानस्थल (५५ केन्द्र), झापा–३ का १९ मतदानस्थल (४० केन्द्र) र झापा–४ का २५ मतदानस्थल (६७ केन्द्र) पनि अतिसंवेदनशील मानिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीच प्रतिस्पर्धा हुने आकलन गरिएकाले झापा–५ लाई निर्वाचनको ‘इपिसेन्टर’ मानेर सुरक्षा कडाइ गरिएको प्रशासनको संकेत छ।प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले केही केन्द्रलाई अघिल्लो निर्वाचनभन्दा फरक वर्गीकरण गरिएको स्वीकारेका छन्।

जिल्लामा कुल २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमध्ये १४७ केन्द्र ‘संवेदनशील’ र ४३ मतदानस्थल ‘सामान्य’ श्रेणीमा राखिएको प्रशासनले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।