झापामा सिमेन्ट मुछ्ने मिक्स्चर बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १० जना घाइते

झापा । झापाको कमल गाउँपालिका–४ स्थित सरस्वती टोलमा सिमेन्ट मुछ्ने मिक्स्चर बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

हिजो बिहान ९ बजे भित्री सडकखण्डमा दमकबाट क्याम्पा बजारतर्फ जाँदै गरेको प्र.१–०१–००१ त ९६९६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई मिक्स्चरको भाग सडकबाट तल पल्टिँदा सो दुर्घटना भएको हो।

​दुर्घटनामा परी घाइते भएका १० जनाकै दमकका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा कमल गाउँपालिकाका चित्रप्रसाद लिखासन, सन्तोष ऋषिदेव, सागर ढुङ्गाना, सुमन नेपाली र गजेन्द्र विक रहेका छन्। त्यस्तै दमक नगरपालिकाका हरि राजवंशी, निमा विश्वकर्मा तथा तराईका जिल्लाहरू बाराका जोखु पासवान, राजदेव साह र रौतहटका जनक साह घाइते भएका छन्। घाइतेहरूको दमक अस्पताल र दमक अस्पताल एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

​इलाका प्रहरी कार्यालय दमकले दुर्घटनामा संलग्न ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा इलामको चुलाचुली–५ बस्ने २४ वर्षीय भुवन विक रहेका छन्।

घटनाको प्रकृति र ट्रयाक्टरको सन्तुलन बिग्रनुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।