निर्वाचनका लागि नेपाल–भारत सीमा ७२ घण्टा बन्द गर्ने सहमति

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत संयुक्त सुरक्षा बैठक बिहीबार विराटनगरमा सम्पन्न भएको छ।

बैठकले मतदानको ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको छ।

भारतसँग खुला सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुखहरू तथा ती जिल्लासँग सीमाना जोडिएका भारतका किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा अधिकारीहरूबीच भएको बैठकले निर्वाचन अवधिमा सम्भावित अवाञ्छित गतिविधि रोक्न कठोर सुरक्षा रणनीति अपनाउने निर्णय गरेको हो ।

बैठकको सहमतिअनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द गरिनेछ। उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनमा पूर्ण रोक लगाइनेछ।

मतदान अवधिमा निजी सवारी, सार्वजनिक यातायात, व्यवसायिक आवतजावत तथा अन्य नियमित गतिविधि बन्द रहनेछन्। स्वास्थ्य सेवा, आपतकालीन उद्धार, सरकारी समन्वय तथा विशेष परिस्थितिबाहेक सीमा पार आवागमनलाई अनुमति नदिने सहमति भएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।