झी पुचः विराटनगरद्वारा १५ बटुकको सामूहिक ब्रतबन्ध सम्पन्न

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरको आयोजनामा सामूहिक ब्रतबन्ध (कय्ता पूजा) कार्यक्रम सम्पन्न भएको छ । भाषा, संस्कृति र परम्पराको संरक्षणलाई संस्थागत प्राथमिकता दिँदै संघले विराटनगरस्थित आफ्नै भवनमा १५ जना बटुकको ब्रतबन्ध संस्कार सम्पन्न गराएको हो ।

संघका अध्यक्ष शरद श्रेष्ठका अनुसार विराटनगरका साथै सुनसरी, इलाम र भारतको कालेपुङबाट आएका बटुकहरू कार्यक्रममा सहभागी भएका थिए। परम्परागत विधि–विधानअनुसार सम्पन्न गरिएको कार्यक्रममा अभिभावक, संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भविसकुमार श्रेष्ठ, पूर्वअध्यक्ष शिवनारायण प्रधान, बुद्धरत्न उदास, हरिबहादुर श्रेष्ठ, राजन श्रेष्ठलगायत कार्यसमिति पदाधिकारीहरूको सहभागिता थियो ।

संघले सामाजिक उत्तरदायित्वअन्तर्गत सुनसरीको चकलघट्टी निवासी अभिभावकविहीन एक बटुकको ब्रतबन्ध निःशुल्क रूपमा सम्पन्न गराएको जनाएको छ । ‘संस्कारको संरक्षणसँगै सामाजिक दायित्व निर्वाह हाम्रो प्राथमिकता हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘यस्ता कार्यक्रमले संस्कृतिको संरक्षणका साथै समानताको सन्देशसमेत दिन्छ ।’

झी पुचःले विगतदेखि नै भाषा, संस्कृति र परम्परागत संस्कारहरूको प्रवद्र्धनमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामूहिक रूपमा ब्रतबन्ध आयोजना गर्दा संस्कारलाई संस्थागत ढाँचामा संरक्षण गर्न र परिवारहरूलाई आर्थिक तथा व्यवस्थापकीय सहजता प्रदान गर्न सहयोग पुग्ने विश्वास संघले व्यक्त गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।