निर्वाचनका लागि धनकुटामा ९९९ जना कर्मचारी परिचालन

धनकुटा । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा ९९९ जना कर्मचारी परिचालन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले सूचना जारी गर्दै फागुन २१ गते हुने गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटाका १६६ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्रका लागि ९९९ जना कर्मचारी परिचालन गरिएको जनाएको छ ।

परिचालन गरिएको कर्मचारीमध्ये हरेक मतदान केन्द्रमा ६ जनाका दरले र अस्थायी मतदान केन्द्रमा तीनजनाका दरले कर्मचारी खटाइनेछ ।

निर्वाचन आयोगको निर्णयअनुसार तीन सयजनाभन्दा कम मतदाता रहेको मतदान केन्द्रमा पाँचजना मात्र कर्मचारी परिचालन गर्ने भए पनि चौबिसे गाउँपालिकाको तीनवटा मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता भएकाले ती तीनवटा मतदान केन्द्रमा पाँचजनाका दरले मात्र कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लामा पुरुष ५९ हजार ४८३ जना र महिला ५८ हजार ९४२ जना गरी कुल एक लाख १८ हजार ४२५ जना मतदाता रहेका छन् भने ११९ मतदानस्थल र १६६ मतदान केन्द्र तोकिएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।