जेठाजुले किन गरे बुहारीको ह`त्या ?
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ५ बन्देथलीमा जेठाजु ६८ बर्षिय चन्द्र बहादुर थामीले बुहारी ५१ बर्षिय देउमाया थामीको ह`त्या गरेको प्रहरीले जनाएको छ ।
जेठाजु चन्द्र बहादुरले देउमायालाई घरेलु हतियार खुकुरी र ढुङ्गाले टाउकोमा प्र`हार गर्दा उनको घट्ना स्थलमै मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।
घट्नाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामा नेतृत्वको टोली र इलाका प्रहरी कार्यालय सिंगटीको टोली घट्ना स्थल पुगि अभियुक्तको खोजि गरेको थियो ।
बुहारीको ह`त्या गरी फरार रहेका चन्द्र बहादुरलाई घट्ना स्थल भन्दा ४ किलोमिटर टाढा कालिञ्चोक गाउँपालिका वडा नम्बर– ६ लेप्टुङको अधेरी खोलाको खोल्साबाट प्रहरी निरीक्षक बिष्णुहरि फुँयालको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । चन्द्र बहादुरको साथबाट ह`त्यामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताए ।
घट्नाको विषयमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । कारण भने घरायसी विवाद थियो भनिएको छ ।


