धनकुटामा तीन जना बेवारिसे व्यक्तिको उद्धार

धनकुटा । मानवसेवा आश्रमद्वारा सञ्चालित ‘कोशी प्रदेश उद्धार यात्रा’को सातौँ दिन शुक्रबार धनकुटाका विभिन्न स्थानबाट तीन जना बेवारिसे व्यक्तिको उद्धार गरिएको छ ।

नेपाल पत्रकार महासंघ धनकुटाको समन्वय तथा जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा ती बेवारिसे व्यक्तिको उद्धार, गरि मानव सेवा आश्रम सुनसरी पठाइएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले जानकारी दिए ।

उद्धार हुनेमा धनकुटास्थित मदनचोक क्षेत्रबाट लामो समयदेखि सडकपेटीमा अलपत्र अवस्थामा रहेका ३५ बर्षिय अमृत भनिने एकजनालाई आश्रम पठाईएको उनले जानकारी दिए ।

त्यसैगरी, धनकुटाबाट नै साहिल’ नाम बताउने ३६ वर्षका अर्का एक पुरुष र धनकुटा नगरपालिका–६ स्थित सडकपेटीमा बेवारिसे अवस्थामा जीवनयापन गर्दै आएका ५२ वर्षीय भीमप्रसाद अधिकारीलाई उद्धार गरी सुरक्षित रुपमा मानवसेवा आश्रम पठाइएको उनले जानकारी दिए ।

मानसिक रूपमा कमजोर देखिएका तीनै जनाको पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन । उनीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारको व्यवस्था गरी सुरक्षित संरक्षणमा राखिएको तथा पारिवारिक पुनर्मिलनका लागि आवश्यक पहल गरिने आश्रमले जनाएको छ ।

मानवसेवा आश्रमले फागुन ३ गतेदेखि सुरु गरेको कोशी प्रदेशस्तरीय सहयोगापेक्षी सडकआश्रितहरूको उद्धार यात्रा फागुन १६ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ । आश्रमले उद्धार यात्राअन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लामा पुगेर खुला सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनको कार्य निरन्तर जारी राखेको जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।