धनकुटामा जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्बजनिक

धनकुटा । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपालका तर्फबाट धनकुटा प्रतिनिधिसभा सदस्य उम्मेदवार आईतराज चेम्जोङले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

पार्टीले शनिवार गरेको पत्रकार सम्मेलनमा उनलेआफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन ।‘संघीयता, सुशासन, सामाजिक न्याय, समाजवाद’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा राजनीतिक, पूर्वाधार, पर्यटन तथा विमानस्थल निर्माणलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

उनले आफूलाई ‘छाता’ चुनाव चिह्नमा मतदान गरी विजयी गराउन अपिल गर्दै विजयी भए संघीय नीति निर्माण तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।उनकाे प्रतिबद्धतापत्रमा प्रदेशको नाम ‘कोशी’ खारेजी तथा पहिचानका आधारमा पुनः नामकरणका विषयमा संघीय संसदमा आवाज उठाउने उल्लेख छ । साथै किराँत, लिम्बुवान, शेर्पालगायत पहिचानसम्बन्धी मुद्दामा बहस पैरवी गर्ने जनाइएको छ ।

त्यस्तै धनकुटामा बसोबास गर्ने किराँत–आठपहिरिया समुदायको ऐतिहासिक थातथलो संरक्षण, भाषाको संरक्षण–संवर्द्धन तथा सरकारी कामकाजको भाषा बनाउने पहल गर्ने उल्लेख गरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।