सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच कुटाकुट

सुनसरी । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ।

कांग्रेसले आयोजना गरेको कार्यक्रम गर्न नदिने हल्ला फैलिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित भएका थिए ।

सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा रास्वपाका कार्यकर्ताहरूसँग जम्काभेट भएको थियो।

सो क्रममा दुवै पक्षका युवाहरूबीच सुरु भएको भनाभन केही बेरमै हातहालाहालमा परिणत भएको थियो । कांग्रेसको भ्रातृ सङ्गठन तरुण दल र रास्वपाका कार्यकर्ताहरूबीच झडप उग्र बन्न लागेपछि सुरक्षामा खटिएको प्रहरीले बल प्रयोग गरेको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।