संखुवासभाको मादीमा अटो दुर्घटना,चालक सहित तीन जना घाइते
संखुवासभा । संखुवासभाको मादी नगरपालिका–०६ पुलुङ स्थित ओखरबोटे–पिलुवाखोला भित्री सडक खण्डमा अटो दुर्घटना भएको छ ।
पिलुवा खोला तर्फ जाँदै गरेक अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा चालकसहित तीन जना घाइते भएका थिए ।
घाइते हुनेहरूमा पाँचखपन नगरपालिका–२ निवासी इन्दिरा पाख्रिन तामाङ, मादी नगरपालिका–४ निवासी चालक गोपाल कडुवाल र मादी नगरपालिका–५ का ओम कुमार बर्मा रहेका छन् ।


