झापा ५ मा बालेन शाहको चुनावी ‘वाचा पत्र’ सार्वजनिक: यस्ता छन् समृद्धिका मुख्य एजेन्डाहरू

झापा । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वालेन्द्र शाहले आगामी निर्वाचनका लागि आफ्नो विस्तृत कार्ययोजना र संकल्पहरू सार्वजनिक गर्नुभएको छ।

सुशासन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई मुख्य प्राथमिकतामा राख्दै उहाँले अघि सार्नुभएका प्रमुख एजेन्डाहरू यस प्रकार छन्:

१. सुशासन र भ्रष्टाचार नियन्त्रण:

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति र सार्वजनिक कामको अनुगमनका लागि ‘डिजिटल ड्यासबोर्ड’ सञ्चालन।

अनलाइन गुनासो व्यवस्थापन प्रणाली र जनताको आवश्यकतामा आधारित बजेट तर्जुमा।

बेथिति विरुद्ध संसदको अग्रपंक्तिमा उभिएर ‘थिति बसाल्ने संकल्प’ कार्यान्वयन।

२. स्वास्थ्य सेवामा आमूल परिवर्तन:

दमक अस्पताललाई ३०० शय्याको अत्याधुनिक अस्पतालमा स्तरोन्नति।

विपन्न र असहायका लागि १० प्रतिशत शय्या पूर्णतः निःशुल्क उपचारको सुनिश्चितता।

२४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा र ज्येष्ठ नागरिकका लागि घरदैलोमै स्वास्थ्य सेवा।

कोशी आयुर्वेद प्रतिष्ठान र प्रादेशिक आयुर्वेद अस्पतालको स्थापना।

३. शिक्षामा सीप र प्रविधि:

विद्यालयमै प्रयोगात्मक सीप सिकाउने ‘शिक्षामा सीप’ (Skill in Education) कार्यक्रम लागू गरिने।

सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र डिजिटल पुस्तकालयको व्यवस्था।

गौरीगञ्जको ऐतिहासिक त्रिभुवन पुस्तकालयलाई डिजिटल अनुसन्धान केन्द्र बनाइने।

दमक बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने।

४. पूर्वाधार र आधुनिक दमक:

दमक–रवि–चिसापानी सडकको निर्माण कार्य यथाशीघ्र सम्पन्न गरिने।

दमकलाई पूर्वी नेपालको ‘आइटी हब’ (IT Hub) को रूपमा विकास गरिने।

आदिवासी जनजाति रङ्गशाला निर्माण र दमक सभागृहको उच्चतम उपयोग।

रतुवा, मावा र सहायक खोलाहरूमा वैज्ञानिक तटबन्ध निर्माण गरी डुबान नियन्त्रण।

५. कृषि र रोजगारी:

प्रत्येक पालिकामा ‘श्रम बैंक’ स्थापना र गौरादहमा कोल्ड स्टोर (शीत भण्डार) निर्माण।

किसानका लागि उत्पादनमा आधारित मल, बीउ र बिजुलीमा अनुदानको व्यवस्था।

कृषि उत्पादनको समर्थन मूल्य ग्यारेन्टी र गौरादह कृषि क्याम्पसलाई अनुसन्धान हब बनाइने।

६. सामाजिक सुरक्षा र संस्कृति:

सुकुम्बासी समस्या समाधानका लागि १०० दिनमा आयोग र १००० दिनमा स्थायी समाधान।

आमाको नामबाट नागरिकता लिने प्रक्रियालाई झन्झटमुक्त र सरलीकृत गरिने।

स्थानीय ‘भाक्का’ लाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने र खेलकुद एकेडेमी निर्माण।

चिया बगान मजदुरको न्यूनतम अधिकार सुनिश्चित गर्न श्रम ऐन परिमार्जन।

७. वातावरण र खानेपानी:

‘प्रत्येक घरमा शुद्ध पानी’ अभियानमार्फत स्वच्छ खानेपानीको सुनिश्चितता।

वैज्ञानिक फोहोर व्यवस्थापन, सिमसार संरक्षण र चुरे क्षेत्रको सुरक्षा।

झापा ५ को समग्र विकास र नागरिकको जीवनस्तर सुधारका लागि यी एजेन्डाहरू कोसेढुङ्गा सावित हुने उम्मेदवार शाहको विश्वास रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।