मोरङको कृषि फार्ममा आगलागी, ११ लाख बराबरको क्षति

विराटनगर । मोरङको एउटा कृषि फार्ममा सोमबार बिहान आगलागी भएको छ । आगलागीमा ११ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रंगेली नगरपालिका–२ मंगलबारेमा टिकुमाया अधिकारीको नाममा दर्ता रहेर जीवन अधिकारीले सञ्चालन गर्दै आएको फार्ममा बिहान ५ः४५ बजेतिर आगलागी सुरु भएको थियो । टिनको छानो र बाँसको टाटीबेरा भएको भुइँ तले फार्ममा लागेको आगो नियन्त्रणमा लिन एक घण्टाभन्दा बढी समय लागेको थियो ।

दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीमा परेर फार्मभित्र रहेका ३ वटा खसी मरेका छन् । आगोले फार्मसहित त्यहाँभित्र रहेको धान, कोदो, मकै, गहुँ, काठपात, युरिया र डीएपी मल ध्वस्त भएको छ ।प्रहरीका अनुसार घटनामा ११ लाख बराबरको क्षति भएको छ ।

आगलागीको कारण प्रष्ट हुन सकिरहेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।