सप्तरीमा एमालेको झण्डा जलाउने पक्राउ
सप्तरी । सप्तरीमा नेकपा एमालेको झण्डा र ब्यानर जलाउँदै अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महादेवा गाउँपालिका वडा नम्बर ५ भगवतपुरमा एमालेको सूर्य अंकित झण्डा र फोटोसहितको ब्यानर जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

