धुलाबारी जान्छु भनेर हिंडेकी १६ बर्षिय रचना सम्पर्कविहिन
झापा । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–१ स्थित इलामेली टोल नजिकै बसोबास गर्दै आएकी १६ वर्षीया रचना निरौला सम्पर्कविहिन भएकी छिन् ।
हिजो दिउँसो करिब २ बजे “धुलाबारी जान्छु” भनी घरबाट निस्किएकी निरौला त्यसपछि उनी घर नफर्किएको तथा परिवारको सम्पर्कमा समेत नआएको हुँदा खोजी कार्य गरिदिन उहाँकी आमाले सम्पुर्णमा आग्रह गरेकी छिन् ।
कोही कसैले रचना निरौलालाई कतै देख्नु वा भेट्नु भएको भए नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन वा सम्पर्क नम्बर ९८४३३१८७८२ मा समेत जानकारी गराइदिनुहुन अनुरोध गरिएको छ ।

