विराटनगरमा प्रज्ञा प्रतिष्ठानको आफ्नै कार्यालय, संस्थागत विकासमा जोड

विराटनगर । विराटनगर प्रज्ञा प्रतिष्ठानले आफ्नै कार्यालय भवनबाट औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रतिष्ठान अब व्यवस्थित संरचनाबाट सञ्चालनमा आएको हो ।

कार्यालयको उद्घाटन महानगरका मेयर नागेश कोइरालाले एक समारोहबीच गरेका हुन् । विराटनगर–३ स्थित वडा कार्यालय परिसरमा सञ्चालनमा आएको उक्त कार्यालयले अब प्रतिष्ठानका कार्यक्रम र गतिविधिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको संस्थागत विकास महानगरको प्राथमिकतामा रहेको बताए । उनले विराटनगरभित्र रहेका विविध भाषिक, साहित्यिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि प्रतिष्ठानमार्फत योजनाबद्ध रूपमा काम भइरहेको जानकारी दिए । साथै राष्ट्रियस्तरका भव्य कार्यक्रम आयोजना गरी विराटनगरको पहिचान स्थापित गर्न उनले प्रतिष्ठानलाई आग्रह गरे ।

वडा नं. ३ का अध्यक्ष वासुबहादुर बस्नेतले आफ्नो वडा कार्यालयमै प्रतिष्ठानको कार्यालय स्थापना हुनु गौरवको विषय भएको बताए । उनले भौतिक पूर्वाधार मात्र विकासको सूचक नभएको उल्लेख गर्दै भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनले नै समग्र विकास सुनिश्चित गर्ने धारणा राखे ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले कार्यालय व्यवस्थापनमा सहयोग गरेकोमा महानगरप्रति आभार व्यक्त गरे । उनका अनुसार संस्थाको दीर्घकालीन स्थायित्व र प्रभावकारी सञ्चालनका लागि आफ्नै कार्यालय महत्त्वपूर्ण आधार बनेको छ ।

प्रतिष्ठानका सदस्यसचिव दिनेशराज सुवेदी (दिङ्लाली कान्छो)ले निकट भविष्यमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए । यसअघि प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरिसकेको छ । साथै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कोशी प्रादेशिक ललितकला प्रदर्शनीसमेत सम्पन्न गरेको थियो ।

महानगरको पहलमा गठन गरिएको प्रतिष्ठानले सांस्कृतिक क्षेत्रलाई संस्थागत ढंगले अघि बढाउने लक्ष्य राखेको छ । आफ्नै कार्यालयबाट सेवा सुरु भएसँगै प्रतिष्ठानका गतिविधि थप सक्रिय र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।