निर्वाचनमा घाइते सुरक्षाकर्मीको निःशुल्क उपचार, मृतक परिवारलाई आर्थिक सहायता
काठमाडौ । नेपाल सरकारले आगामी निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकपछि ओमप्रकाश अर्यालले प्रहरी तथा निर्वाचन सुरक्षामा खटिएका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए।
सुरक्षाका क्रममा मृत्यु भएमा परिवारलाई आर्थिक सहायता दिने निर्णयसमेत गरिएको छ।


