खुकुरी प्रहार गरेर युवकको हत्या
धनुषा । धनुषाको औरही गाउँपालिका–६ मा धारिलो हतियार प्रहारबाट हंसपुर–९ का सुमित मण्डलको हत्या भएको छ।
बिहीबार अपराह्न करिब ४ बजे घटना भएको र सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धका कारण घटना भएको हुन सक्ने आशंका गरिएको छ।
शव पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


