टिप्पर अनलोड गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
सिरहा । सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सिरहा। गोलबजार नगरपालिका–2 गुरु धाममा टिप्पर अनलोड गर्ने क्रममा ११ हजार भोल्टको हाई टेन्सन लाइनमा टच हुँदा एक जनाको मृत्यु भएको छ।
गाडी चालक सन्तोष कुमार साह थिए ट्र्कको पछाडिको भगले तार छोए पछि करेन्ट लाग्यो र गाडीमा आगो समेत लागेको थियो। प्रहरी र सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।
शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।


