ओखलढुङ्गामा ६० वर्षीया महिलालाई जबरजस्ती करणी,६१ वर्षीय व्यक्ति पक्राउ
ओखलढुङ्गा । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-४ रूम्जाटार बस्ने ६१ वर्षीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


