मोरङको उर्लाबारीमा स्थित एक विद्यालयमा तोडफोड

उर्लाबारी । मोरङको उर्लाबारी–२ स्थित सुनपकुवा माध्यमिक विद्यालयमा आज राति अज्ञात समूहद्वारा तोडफोड गरिएको छ।

घटनाको प्रकृति हेर्दा चोरी गर्ने उद्देश्य जस्तो देखिए पनि विद्यालयको कार्यालयमा रहेका कुनै पनि सामग्री चोरी गरिएको छैन। कोठाभित्र रहेका टेबल, कुर्सी लगायतका सामानहरू अस्तव्यस्त बनाइएको छ भने सिलिङ पंखाहरू भाँचिदिएका छन्। त्यस्तै, विद्यालय परिसरमा रहेका पानी खाने धाराहरू पनि क्षतिग्रस्त पारिएको पाइएको छ।

विद्यालयसँगै रहेको क्यान्टिन भने अछुतै रहेको स्थानीयले बताएका छन्। यसले घटनालाई थप रहस्यमय बनाएको छ।

स्थानीयवासीहरूले शैक्षिक संस्थामाथि भएको यस्तो अराजक गतिविधिप्रति आक्रोश व्यक्त गर्दै दोषीलाई तत्काल खोजी गरी कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रन्जन बरालका अनुसार घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइएको छ। “घटनाको प्रकृति र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान भइरहेको छ,” उनले जानकारी दिए।

विद्यालय प्रशासनले पनि घटनाप्रति दुःख व्यक्त गर्दै सुरक्षाको व्यवस्था मजबुत बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ। उक्त विद्यालयमा यही फागुन २१ गते निर्वाचनको बुथ रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।