ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको हो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जारी गर्नुभएको सूचना अनुसार यही फागुन १४ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषण नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको हो ।

जारी सूचनामा उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको फागुन १२ गते बसेको निर्णय समेतका आधारमा जिल्लाभर सबै प्रकारका मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । सूचना विपरीत ओसारपसार तथा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।