पोखरामा सुटकेसभित्र युवतीको शव फेला
पोखरा । पोखरा–१७ ड्यामसाइड नजिक पुलमुनि सुटकेसभित्र राखिएको अवस्थामा एक युवतीको शव भेटिएको छ।
आइतबार बिहान शंकास्पद रूपमा फालिएको सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
फेवातालको ड्याम माथि बनेको नयाँ पुलमुनि रहेको सुटकेस खोलेर हेर्दा तन्नाले बेरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार मृतक करिब २२–२५ वर्षकी देखिन्छिन् र हातमा ‘मनिषा विश्वकर्मा’ लेखिएको ट्याटु छ।
शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

