वैदेशिक रोजगारीका लागि कतार जान लागेका झापाका एक पुरुष काठमाडौको एक गेस्ट हाउसमा मृत फेला

झापा । हल्दीबारी गाउँपालिका का ४१ वर्षीय नवीन मुर्मु काठमाडौँमा मृत अवस्थामा भेटिएका छन्। वैदेशिक रोजगारीका लागि कतार जान लागेका उनी नयाँ बसपार्क क्षेत्रमा रहेको लुम्बिनी गेस्ट हाउस को कोठामा शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

मुर्मु हल्दीबारी गाउँपालिका–४ मंगलबारेका बासिन्दा हुन्। परिवारका अनुसार उनी विगत करिब १० वर्षदेखि रोजगारीका सिलसिलामा कतारमा बस्दै आएका थिए। शनिबारको उडानबाट पुनः कतार फर्कने तयारीमा उनी काठमाडौँ पुगेका थिए।

उनका दाजुका अनुसार नयाँ बसपार्क नजिकैको लुम्बिनी गेस्ट हाउसमा बसेका मुर्मु बिहीबार राति आफूलाई सन्चो नभएको भन्दै कोठामै खाना मगाएर सुतेका थिए। तर शुक्रबार बिहान अबेरसम्म नउठेपछि कोठामा पुगेका होटलका कर्मचारीले उनलाई ओछ्यानमै मृत अवस्थामा फेला पारेका थिए।

होटलले त्यसपछि प्रहरीलाई खबर गरेको र प्रहरीको सक्रियतामा मुर्मुले प्रयोग गर्ने मोबाइल फोनको आधारमा परिवारसँग सम्पर्क गरिएको बताइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनको शव परिवारले आफ्नो गाउँ मुर्मु श्रीमती, दुई छोरी र एक छोराका पिता हुन्। उनको मृत्युको खबरपछि गाउँ नै शोकमा डुबेको स्थानीयले बताएका छन्।

प्रहरीका अनुसार मुर्मुको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖