पोखरामा सुटकेसभित्र भेटिएकी युवतीको पहिचान अझै खुलेन
पोखरा । पोखरामा केही दिनअघि सुटकेसभित्र मृ’त अवस्थामा फे’ला परेकी एक युवतीको पहिचान अझै खुल्न सकेको छैन।
घ’टनाबारे अनुसन्धान जारी राख्दै प्रहरीले मृतकको पहिचान पत्ता लगाउन सार्वजनिक सूचना जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१७ तितेपानी क्षेत्रको खोलामा फे’ला परेको सुटकेसभित्र एक युवतीको श’व भेटिएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा मृ’तकको पहिचान खुल्न नसकेपछि प्रहरीले हुलिया र विशेष चिन्ह सार्वजनिक गर्दै सहयोगको अपिल गरेको हो। प्रहरीका अनुसार मृ’तक युवतीको वर्ण गोरो, शरीर मझौला र अनुहार गोलो रहेको छ। उनको अनुमानित उमेर २२ देखि २५ वर्षको बीचमा रहेको तथा उचाइ करिब ५ फिट २ इन्च रहेको जनाइएको छ। कपाल कालो रहेको पनि उल्लेख गरिएको छ।
त्यस्तै घाँटीको अगाडिको भागमा “बिनोद” लेखिएको ट्याटु रहेको र बायाँ हातको नाडीमा “महाकाल” शब्दसँगै आधा शिव र आधा त्रिशूलको आकृतिसहितको ट्याटु रहेको प्रहरीले जनाएको छ। साथै माथिल्लो दाँतको भित्री भागमा एउटा अतिरिक्त दाँत पलाएको विशेष चिन्ह पनि देखिएको छ।
प्रहरीले उक्त विवरणसँग मिल्ने व्यक्तिलाई चिन्ने जो–कोहीले नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन आग्रह गरेको छ।

