दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल बनाउने हर्क साम्पाङको घोषणा
सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेका छन्।
उनले देशभरका नागरिकलाई श्रमदानका लागि तयार रहन आग्रह गर्दै भौगोलिक अवस्था बुझ्न अग्रिम टोली पठाइसकेको बताएका छन्।
दुर्गम स्थान भएकाले भारी मेसिन प्रयोग गर्न नसकिने र १५–२० दिनभित्र हातैले काम गरेर पुल निर्माण गर्ने योजना रहेको उनले बताएका छन्।
साथै उनले न्यूनतम १० रुपैयाँदेखि सहयोग गर्न पनि अपिल गरेका छन्।

