जेनजी आन्दोलनमा हिरासतबाट भागेकी धनकुटाकी एक महिला नागढुंगाबाट परे पक्राउ
काठमाडौँ । जेनजी प्रदर्शन हुँदा काठमाडौँ प्रहरीको हिरासतबाट भागेका एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर–७ घर भएकी ३० वर्षीया सविना अधिकारी बुधवार काठमाडौँको नागढुंगाबाट पक्राउ परेकी हुन् ।
राजविराजबाट आउँदै गरेको बा.प्रदेश–००१–००६ ख ७४२० नम्बरको बसमा सवार आरोपीको साथबाट ८८ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।
यसअघि ब्युरोले उनलाई १ सय ग्राम खैरो हेरोइनसहित पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको थियो । जेनजी प्रदर्शन हुँदा उनी भदौ २४ मा हिरासतबाट भागेका थिइन् । आरोपीमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

