प्रहरीमाथि आक्रमण, आत्मरक्षाका लागि गोली चलाउँदा एकजना घाइते

हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा लागूऔषध सेवन गरेर झगडा गरिरहेको सूचनापछि पुगेको प्रहरीमाथि आक्रमण भएको छ ।

प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा एक जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधवार बेलुका करिब ९ बजेको समयमा घटनास्थलमा पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

प्रहरीले घटनास्थलमा पुगेर सोधपुछ गर्ने क्रममा एक्कासी तामाङमाथि बियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरिएको डिएसपी बोगटीले जनाए । आक्रमणबाट तामाङका दुवै हातमा चोट लागेको छ ।

प्रहरी सहायक निरीक्षक तामाङले साथमा रहेको पेस्तोलबाट एक राउन्ड फायर गर्दा हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौडा बस्ने अन्दाजी १९ वर्षीय सनिस तितुङलाई गोली लागेको छ । उनको पेटको दाहिने भागमा गोली लागेको प्रहरीले जनाएको छ । उपचारका लागि सिएमसी चुरेहिल अस्पताल, हेटौंडा ल्याइएका घाइते तितुङको स्वास्थ्य अवस्था मध्यम छ ।

यसैगरी, डिएसपी बोगटीको कमाण्डमा खटिएको थप प्रहरी टोलीले घटनामा संलग्न हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने २४ वर्षीय सन्जय जिम्बा र सोही स्थानका ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको छ । उनीहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई जना तथा गोली लागेका तितुङ विगतमा लागुऔषध, ज्यान मार्ने उद्योग तथा चोरी जस्ता विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।