झापामा हावाहुरीले आँपको रुख ढल्दा १७ वर्षीया किशोरीको मृत्यु
झापा । झापाको हल्दीबारी गाउँपालिकामा हावाहुरीसँगै आएको वर्षाका कारण आँपको रुख ढल्दा एक किशोरीको ज्यान गएको छ।
जिल्लाको हल्दीबारी गाउँपालिका–२ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको रुखले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार राति करिब ९ बजे वर्षासहितको हावाहुरी चलेका बेला घर नजिकै रहेको आँपको रुख ढलेर उनी सुतिरहेको घरमाथि परेको थियो।
रुखले किच्दा आरतीको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

