विराटनगरमा साथीले कैची प्रहार गर्दा एक घाईते

विराटनगर । विराटनगर ९ स्थित भानुटोलमा बिहीबारसाँझ साथी—साथी विच एक आपसमा झगडा हुँदा एक युवा गम्भिर घाईते भएका छन् ।
घाईते हुनेमा सुनसरी दुहवीका २१ बर्षिय रन्जित पासवान रहेका छन् ।

उनलाई उनकै साथी विराटनगर १२ का २० बर्षिय विवेक सिंहले आफ्नो साथमा बोकेको कैचीले छातीमा प्रहार गर्दा पासवान घाईते भएका थिए ।
मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा दुवैजना प्रतिवन्धित लागुऔषध प्रगोगकर्ताहरु भएको बुझिएको छ ।

उनीहरु दुवैले जोगवनीमा लागु औषध खाएर आएपछि पैसाको लेनदेन नमिल्दा आपसमा झगडा बुझिएको छ । झगडा भएको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।त्यस लगत्यै वडा प्रहरी कार्यलय विराटनगरबाट खटिएको टोलीले विवेक सिंहलाई नियन्त्रणमा लिएको छ भने घाईते पासवानलाई कोशी अस्पतालमा उपचारको लागि लगिएको छ ।

यता कैची प्रहार गर्ने विवेक सिंहलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको मोरङ प्रहरी प्रवक्ता डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।