झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जना पक्राउ
विराटनगर, चैत १० गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत ०९ गते मोरङको विराटनगर महानगरपालिका-१५ बाट लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत बिहारका मसुल अंसारीलाई ३२ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका-४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट ईनरुवा बसपार्कले धरान- ६ का ख्याम बहादुर देवान लिम्बु र शौरभ कटवाललाई २ ग्राम २५ मिलिग्राम ब्राउन सुगर सहित र झापाको अर्जुनधारा नगरपालिका-११ बाट अस्थायी प्रहरी पोष्ट बसपार्कले टिकाराम दियाली र शिव दियालीलाई ८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


