करेन्ट लागेर वडा सदस्य गोलेको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–११ का वडा सदस्य ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको छ।

मंगलबार पिपलडाँडालेक सडकखण्डमा लत्रिरहेको विद्युत् तारमा प्रवाह भएको करेन्ट लाग्दा गोलेको मृत्यु भएको हो।

वडा नम्बर ११ का वडाध्यक्ष गोपाल न्यासुर लामाका अनुसार सडकमा लत्रिएको बिजुलीको तार पन्छाउने क्रममा गोलेलाई करेन्ट लागेको हो। गम्भीर घाइते भएका गोलेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

विद्यालय जाँदै गरेका विद्यार्थीहरूले सडकमा तारमा बेरिएर लडेको अवस्थामा देखेपछि स्थानीयलाई खबर गरेका थिए।

त्यसपछि उनको उद्धार गरिएको थियो।गाउँमा केही दिनदेखि विद्युत् सेवा अवरुद्ध रहेकामा पुनः जडान भएको थाहा नपाएर तार पन्छाउने क्रममा दुर्घटना भएको अनुमान गरिएको वडाध्यक्ष लामाले बताए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖