मोरङको कानेपोखरीमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङ । मोरङको कानेपोखरीमा टिपरको ठक्करबाट बिहीबार बिहान साइकल यात्रीको मृत्यु भएको छ ।

जहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को १ ख ६३३१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बिहान ७ः४० बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार टिपरको ठक्करबाट साइकलमा यात्रा गरिरहेका कानेपोखरी गाउँपालिका–७ का ५८ वर्षीय वीरेन्द्र कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याइएको थियो । अस्पताल पुर्याउनसाथ बिहान ८ः४० बजेतिर चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।

साइकल, टिपर र टिपर चालक कानेपोखरी–५ का २९ वर्षीय अभिषेक दर्जीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।