झापा, सुनसरी र उदयपुरबाट लागूऔषध सहित ३ जना पक्राउ

विराटनगर, चैत्र १२ गते । झापा, सुनसरी र उदयपुरबाट चैत्र ११ गते लागूऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ ।

वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका भद्रपुर नगरपालिका-९ का ३३ वर्षीय दिनेश कुर्मीलाई लागू औषध ब्राउन सुगर २ ग्राम ६९० मिलिग्राम सहित भद्रपुर-५ मेचीपुलबाट पक्राउ गरेको छ ।

यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-१६ स्थित पानीट्याङ्कीबाट अस्थाई प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३० बर्षीय रितिक थामीलाई ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन ६१० ट्याब्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय कटारी उदयपुरले कटारी नगरपालिका-५ बरमझियाका ३३ बर्षीय तुल बहादुर थापालाई १० किलोग्राम गाँजा सहित उनकै घरबाट पक्राउ गरिएको छ ।

पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।