सुनसरीको खनारमा मोटरसाइकल दुर्घटना हुंदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको खनारमा गएराति भएकाे माेटरसाईकल दुर्घटनामा दुहबी नगरपालिका–९ का २२ वर्षीय विपिन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

विपिन सवार प्र १–०२–०४८ प ७९३८ नम्बरको मोटरसाइकल कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१३ काली मन्दिरनजिक राति करिब १० बजेतिर दुर्घटनामा परेको थियो।

दुहबीबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार विपिन गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइए पनि चिकित्सकले राति १०:४० बजेतिर मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गुडिरहेको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक दुहबी–९ का २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन्। उनको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖