इटहरीमा मध्यराती आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ भृकुटी चोकमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

स्थानीय माया राईको घरमा आज (बुधबार) विहान २ बजे आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको हो।

इटहरी उपमहानगरपालिकाका दमकलहरू गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएकाले समयमै आगो नियन्त्रण गर्न कठिनाइ भएको स्थानीयले गुनासो गरेका छन्।

छिमेकी नगरपालिकाबाट दमकल आउन ढिलाइ हुँदा आगलागी नियन्त्रणमा समस्या भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काका अनुसार आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेको छ।

धरान र दुहबीबाट गएको दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖