एनआरएनएमा जिम्मेवारी बाँडफाँट : नेपाली साहित्य प्रबर्दनको जिम्मा बिश्वासदीप तिगेलालाई

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२५–२०२७ कार्यकालका लागि विभिन्न विभागहरूको जिम्मेवारी बाँडफाँट गरिएको छ। 

संघको संस्थागत सुधार र कार्यसम्पादनलाई प्रभावकारी बनाउन ११ वटा मुख्य विभाग र त्यस मातहतका समितिहरूको नेतृत्व चयन गरिएको हो।

संघले सार्वजनिक गरेको कार्यविभाजन अनुसार नेपाली साहित्य प्रबर्दनको जिम्मा बिश्वासदीप तिगेलालाई दिइएको छ भने ‘ फ्ल्यागसिप प्रोजेक्ट तथा रिब्रान्डिङ’ विभागको प्रमुखमा अध्यक्ष डा. हेमराज शर्मालाई जिम्मेवारी दिइएको छ। संस्थाको पुनर्संरचना, सामाजिक साझेदारी र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने जिम्मेवारी यसै विभागलाई सुम्पिएको छ। 

संघको व्यापार तथा लगानी विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन चयन भएका छन्। शेरचनले लगानी प्रवर्द्धन समितिको पनि नेतृत्व गर्नेछन्। 

परोपकार तथा मानवीय सहायता विभागको जिम्मेवारी रामशरण सिम्खडालाई दिइएको छ, जसमा ‘एक एनसीसी एक परियोजना’ र ‘मोबाइल ब्लड बस’ जस्ता महत्त्वपूर्ण कार्यक्रम समावेश छन्।

वैदेशिक रोजगार विभागको नेतृत्व खगेन्द्र नेपाली सम्हाल्नेछन्। यस विभागले वैदेशिक रोजगारीमा रहेका नेपालीको राहत, पुनःस्थापना र परामर्शको काम गर्नेछ। 

यस्तै, संगठन तथा प्रशासन विभागको नेतृत्व  महासचिव डा. चिरञ्जीवी खड्काले पाएका छन्। उनले संघको अनुगमन, मूल्याङ्कन, सञ्चार र अनुशासन सम्बन्धी कामको सुपरिवेक्षण गर्नेछन्।

आर्थिक स्थायित्व विभागको प्रमुखमा कोषाध्यक्ष कृष्ण तिमिल्सिना छन् ।

गैरआवासीय नेपालीहरूको हकहित र नागरिकता सम्बन्धी मुद्दा हेर्ने ‘वेलफेयर अफ एनआरएन’ विभागको नेतृत्व बुद्धि सुवेदीले पाएका छन्।  यस्तै नेपाल प्रोमोसन विभागको नेतृत्व लोक दाहालले पाएका छन् । 
यसैगरी ज्ञान, सीप र प्रविधि विभागको जिम्मेवारी ज्ञानेन्द्र रेग्मीले पाउँदा महिला विभागको प्रमुखमा राधिका गुरुङ र अमृता थापा, युवा तथा दोस्रो पुस्ता सम्बन्धी विभागमा भीमसेन काजी थापा र नवीन निउरे रहेका छन् । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖