मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मर्यादाक्रमअनुसार तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाल उक्लिएका छन् ।

यसअघि तेस्रो वरीयता कायम गरिएका गृहमन्त्री सुधन गुरुङ पाँचौं वरीयतामा पुगेका छन् ।

चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।नयाँ वरीयताअनुसार प्रधानमन्त्री बालेनपछि दोस्रोमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले छन् । सुधन गुरुङपति सुनिल लम्साल, सोविता गौतम, सीता वादी, प्रतिभा रावल, निशा मेहेता, सस्मित पोखरेल, खडगराज पौडेल, विक्रम तिमिल्सिना, गीता चौधरी र दीपक साह छन् ।

गृहमन्त्री सुधन गुरुङलाई तेस्रो वरीयता दिएकोमा रास्वपामा निकै असन्तुष्टि थियो । पार्टी सदस्यता भर्खरै लिएको र सांसद र मन्त्रीसमेत पहिलोपटक भएको व्यक्तिलाई गृहमन्त्रीसहित तेस्रो वरीयता दिएपछि सच्याउन सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनलाई आग्रह गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖