झापा र मोरङबाट लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, चैत २६ गते । झापा र मोरङबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत २५ गते झापाको कन्काई नगरपालिका- ३ स्थितबाट चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय सुरुङगाले ६ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित शिवसताक्षि नगरपालिका-१० का प्रदिप तामाङ, दमक- १ का विक्रम ढकाल र इलाम माईजोगमाई गाउँपालिका-५ की मेरी राईलाई नियन्त्रणमा लिएको छ ।

चेकजाँचकै क्रममा मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले मेचीनगर-९ का आरएन राईलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यसै गरी मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी नगरपालिका-२ का बिनोद मगरलाई ८७० मिलिग्राम ब्राउन सुगर र चरेस १ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको छ ।

लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖